हल्दिबारी , माघ ५ । झापा हल्दिवारी २ मा रहेको उज्यालो गोलधाप बाल क्लबले तीन दिवसीय बाल क्लब संचालन तथा उद्घोषण तालिम सोमबारबाट शुरु गरेको छ ।

गत माघ ३ गते सम्पन्न अधिबेशनबाट निर्वाचित नयाँ कार्य समितिको आयोजनामा भइरहेको तालिममा क्लबका सदस्यसहित ३८ जना बालबालिकाको सहभागिता रहेको छ।
अध्यक्ष राज अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा पूर्व अध्यक्ष सुस्मिता पराजुलीको स्वागत रहेको थियो ।वडा सदस्य सरिता न्यौपानेले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष त्रिलोचन सापकोटाले तालिमपश्चात् व्यबहारमा लागु गर्न सुझाव दिँदै बाल क्लबले गर्ने कुनै पनि रचनात्मक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ।तालिमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मंच नेपालका संयोजक सरोज पौडेलले गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्