भद्रपुर , माघ ६ । लागुऔषध प्रयोगकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

दुई जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेकै दिन हिजो साँझ थप चारजना पक्राउ परेका छन् । दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगीको बुद्ध टोलमा बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने २० वर्षिय समिर तामाङ र २२ वर्षिय नविन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा तामाङले लगाएको जिन्स पेन्टको अगाडी पट्टीको दाहिने गोजीमा लुकाई छिपाई राखेको ब्राउन सुगर बरामद गरिएको हो । दुबैको साथबाट गरी ५ थान मोवाइल सेटसमेत फेला पारी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं. ६ मेचीडाँडामा रहेको सशस्त्र प्रहरी बल बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले बिशेष सुराकीको आधारमा धरान १७ बस्ने २४ वर्षिय ईश्वर थापा र पांँचथर हिलिहाङ २ बस्ने २८ वर्षिय अरुण सुब्बा लिम्बुलाई ५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा थापाको साथबाट ब्राउन सुगर बरामद गरी दुबैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्