बाह्रदशी , माघ ६ । ‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण’ परियोजनाअन्तर्गत सोमबार किशोर–किशोरीहरुको विद्यालयस्तरीय समूह गठन गरिएको छ ।

बाह्रदशी गाउँपालिका–७ स्थित गौरीशंकर माविमा अनिषा उप्रेती संयोजक र इश्वर मुर्मू सचिव रहेको २७ सदस्यीय समूह गठन गरिएको हो ।
सो अवसरमा महिला जनचेतना केन्द्रकी कार्यकारी प्रमुख राधा प्रधान कार्की, बाल अधिकार अभियन्ता मणिकुमार लिम्बू, विद्यालयकी शिक्षिका रुपा राईलगायतले सहजीकरण गरेका थिए ।
विद्यालय परिसरमा आयोजित सो कार्यक्रमका सहजकर्ताहरुले बाल विवाह न्यूनीकरण, बाल अधिकारलगायत बालबालिकासँग सम्बन्धित विविध विषयमा प्रशिक्षण दिएका थिए ।
झापाको बाह्रदशी गाउँपालिका, कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिकामा सो परियोजना सञ्चालन हुँदै आएको छ ।
महिला जनचेतना केन्द्रको आयोजनामा सन् २०२० मा सुरु भएको उक्त परियोजना सन् २०२२ सम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्