गोलधाप(झापा) , माघ ७ । हल्दिवारी गाउँपालिका वडा नम्बर १ मा रहेको उज्यालो गोलधाप बाल क्लबले आयोजना गरेको बाल क्लब संचालन तथा उद्घोषणसम्बन्धी ३ दिवसीय तालिम आज समापन भएको छ ।

हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य तथा क्लबका अध्यक्ष राज अधिकारीको सभापतित्वमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङ्देनले बालबालिकालाई सानैदेखि संस्कार सिकाउन जरुरी रहेको बताए । आजका बालबालिका भोलिका देश निर्माणकर्ता भएको भन्दै अध्यक्ष लिङ्देनले बालमैत्री गाउँपालिका बनाउने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरे । त्यस्तै बाल क्लबका संरक्षक तथा वडा अध्यक्ष त्रिलोचन सापकोटाले वडालाई आफ्नो कार्यकालमा बालमैत्री वडा घोषणा गरेर छोड्ने बताए । वडाका सबै विद्यालयमा बाल क्लब गठन गरी बाल अधिकारको पक्षमा काम गर्न आफू सधै अग्रसर रहने उनले बताए ।


वडाले पत्राचार गर्दासमेत बाल मैत्री अभियानमा सहभागिता नजनाउने केही निजी विद्यालयले बाल अधिकारको उल्लंघन गरेको उनको भनाइ छ ।
सिम्रिक साकोसका अध्यक्ष सुवाष भट्टराईले सहकारीको कार्यविधि परिमार्जन गरेर भएपनि बालबालिकाको क्षेत्रमा लगानी गर्ने र आगामी दिनमा बाल क्लबको कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासहित क्लबको सहकारी बचत खाता हस्तान्तरण गरे ।

कार्यक्रममा उज्यालो गोलधाप बाल क्लबका सल्लाहकार तथा कार्यपालिका सदस्य सरिता नेउपाने , संचारकर्मी तथा प्रमुख प्रशिक्षक सरोज पौडेल ,जनजागृति माविका शिक्षक झमक तिम्सिना ,क्लबकी संस्थापक अध्यक्ष सुस्मिता पराजुलीलगायतले शुभकामना व्यक्त गरेका थिए ।उज्यालो गोलधाप बाल क्लवका सह–सचिव अनुप साशंकर ,भूमिका कार्कीले तालिमको बारेमा अनुभव राखेको कार्यक्रममा स्वागत सदस्य नुमा काम्वाङले गरेकी थिइन् । कार्यक्रमको संचालन उपाध्यक्ष देवेन्द्र अधिकारी तथा सचिव रुविका खनालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्