सपना आचार्य,
इलाम माई नगरपालिकाको आठांैै नगरसभा शुक्रबार सम्पन्न भएकोे छ ।

सभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र नविकरणीय उर्जा नीति २०७७ पारित गरेकोे छ । मेयर दिपककुमार थेबेको अध्यक्षतामा सम्पन्न सभामा उपमेयर बिष्ण्ुामाया रिमालले आर्थिक बर्ष ०७७–०७८ का लागि संशोधित नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नगरसभा संचालन कार्यविधि २०७४ को दफा २७ बमोजिम १० वटा वडा रहेको माईमा सातौं नगरसभाबाट विनियोजित रकम थपघट गर्न, संशोधन गर्न, नयाँ योजना तथा कार्यक्रम सञ्चालन गर्न, केही रकम झिक्न , प्रदेश तथा संंघीय सरकारसमक्ष योजना संचालनको लागि योजना तथा कार्यक्रमको सूची समेत तयार पारिएको छ ।
सभाले स्थानीय विकास घुम्ती कोषमा विनियोजित भएको रकम मध्ये ७० लाखलाई रकमान्तर गरी कन्काई माविको बहुतले भवन निर्माण योजनामा विनियोजन गरिएको छ । त्यस्तै ३० लाखमा शित भण्डार भवन निर्माण, ८० लाखमा प्रशासकीय भवन (सेमिनार भवन) , १० लाखमा शितली सार्वजनिक शौचालय, ५ लाखमा नगरपालिका कम्पाउण्ड निर्माण, ३० लाख भूमि ब्यवस्थापन शिर्षकमा, ३० लाख प्रकोप ब्यवस्थापन कोषमा, २० लाख मर्मत संभार कोेषमा र १० लाख नगर अस्पताल व्यवस्थापन कोषमा विनियोजन गरिएको छ ।

सभाले माई–४ शुक्रबारेमा रहेको पूर्व लडाकु क्यान्टोन्मेन्ट रहेको स्थानमा सशस्त्र प्रहरी तालिम केन्द्र सञ्चालनका लागि समेत स्वीकृती प्रदान गरेको छ । ३४ दशमलव २८ हेक्टर नमूना सामुदायिक वनको क्षेत्रमा हाल सशस्त्र प्रहरी बेस क्याम्प र नगरपालिकाको कोरोना क्वारेन्टाईनस्थल निर्माण रहेकोमा १० आंै कार्यपालिका बैठकको निर्णयबमोजिम प्रदेशस्तरीय सशस्त्र प्रहरी तालिम केन्द्र सञ्चालनका लागि २० हेक्टर र बाँकी १४ दशमलव २८ हेक्टर माई नगरपालिकाको अधिकार क्षेत्रभित्र राख्ने निर्णय गरेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्