बिर्तामोड , माघ १० । चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारी बजार क्षेत्रमा दमक ७ बस्ने ३० वर्षिय अजय मल्लिक र सोही ठाउँका २० वर्षिय देव परियारले एसर र एचपी कम्पनीको २ थान ल्यापटप सस्तो मूल्यमा बिक्री गर्न खोज्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ल्यापटपसहित दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त ल्यापटप दमक क्षेत्रबाट चोरी गरी ल्याएको भनी खुल्न आएकाले थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्