भद्रपुर , माघ १७ । शहीद दिवसको सन्दर्भ पारेर शुक्रबार शहीदका १५ प्रहरी परिवारलाई सम्मान गरिएको छ ।

सरकारले २०७५ चैत ११ गते घोषणा गरेका देशभरका १५ शहिदमध्ये पहिलोपटक झापाका शहीद परिवारलाई सम्मान गरिएको हो ।
नेपाल पूर्व प्रहरी संगठन झापा , भद्रपुर नगरलगायतले संयुक्तरुपमा चन्द्रगढीमा कार्यक्रम गरी शहीद परिवारलाई सम्मान गरेका हुन् ।
संगठनका जिल्ला अध्यक्ष खेमराज कार्कीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
सो अवसरमा कार्यक्रमका सभापति कार्की, प्रमुख अतिथि पाण्डे, संगठन भद्रपुर नगर अध्यक्ष सरोजकुमार कार्कीलगायतले शहिद परिवारका सदस्यहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यसक्रममा प्रमुख अतिथि पाण्डे, जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा, संगठनका प्रदेश संरक्षक खड्गबहादुर खड्का, बाबुराम श्रेष्ठ, भद्रपुर नगर अध्यक्ष सरोजकुमार कार्कीलगायतले बोलेका थिए ।
संगठन उपाध्यक्ष देवीप्रसाद संग्रौलाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको आतिथ्यता थियो ।सचिव अग्नि खड्काको सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकार संयोजक धनप्रसाद शिवाकोटीले औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्