कुमरखोद, माघ १८ । झापा गाउँपालिका वडा नं २ झापा वजारमा रहेको पिछडा उत्थान कृषि सहकारी संस्थाले शनिबार छैंठो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष कृष्ण केवरतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए । संस्थाका अध्यक्ष केवरतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २४९ जना शेयर सदस्य रहको संस्थामा आगामी आर्थिक वर्षमा ३५० जना शेयर सदस्य वृद्धि गर्ने लक्ष्य रहको बताए । उनले संस्थामा हाल ५७ लाख ९३ हजार २ सय ४६ रुपैयाँ शेयर चुक्ता पूँजी रहेको बताउँदै सम्पूर्ण खर्च कटाएर यो वर्ष ७ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको जानकारी दिए ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले कोरोना कहरको समयमा पनि यस संस्थाले नाफा कमाउन सफल भएकोमा धन्यवाद दिँदै सम्पूर्ण सहकारी संस्थाहरुलाई गाउँपालिकामा सूचीकृत हुन आग्रह गरे ।

लेखा समितिका सदस्य कुन्तीदेवी गणेशले स्वागत मन्तव्य राखेकोे कार्यक्रममा झापा गाउँपालिका वडा नं १ अध्यक्ष राजकुमार यादव , साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कल्पना खड्का, नेपाल रेडक्रस सोसाइटी कुमरखोद शाखाका सभापति सुन्दरलाल गणेशले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्सव कृषि सहकारीका प्रवन्धक पशुपतिलाल गणेश , पत्रकार वरतलाल राजवंशी , मिथिलेसकुमार गणेश , लखि गणेश , विभाकुमारी स्वर्णकार , वडा सचिव नारायण चम्लागाई, प्रदिपकुमार गणेशलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन राजकुमार कोचले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्