कुमरखोद , माघ १७ । सन्थाल समाज झापा गाउँपालिका वडा न ७ को आयोजनामा संचालित जिल्लास्तरीय सन्थाल समुदाय नकाउट फुटवल प्रतियोगिताको फाईनेल खेल शनिवार सम्पन्न भएको छ ।

फाईनलमा आयोजक टिम र चारपानेबीच भएको प्रतिस्पर्धामा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि पेनाल्टीमा ४–० को गोल अन्तरले चारपानेको टिमलाई हराउँदै आयोजक टिमले उपाधि रक्षा गरेको हो । आपैm विजेता बनेको आयोजक टीमले नगद २५ हजार , प्रमाणपत्र र मेडल पाएको छ । त्यसैगरी उपविजेता टीम चारपानेले नगद १५ हजार, प्रमााणपत्र र मेडलमा चित बुझाएको छ । उपविजेता टिमका राज सोेरेन उत्कृष्ट खेलाडी भए भने हाईस्कोर आयोजक टिमका उमेश मुर्मु घोषित भए ।जिल्लाका १६ वटा सन्थाल टिमले प्रतियोगितामा भाग लिएको सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुले जानकारी दिएका छन् ।
सन्थाल समाजका अध्यक्ष नरेश मुर्मुको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए भने विशेष अतिथि गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी रहेकी थिइन् ।
घना किस्कुले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष वुढाथोकी , शिव कँडेल , नेत्र उप्रेती , हरि वानियाँले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन वासु दाहालले गरेका थिए ।