माई, इलाम , माघ १७ । नेपाल रेडक्रस सोसाईटी दानाबारी उपशाखाको १६ औ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

माई नगरपालिकाका मेयर दिपककुमार थेबेको प्रमुख आतिथ्यता सम्पन्न साधारणसभामा आर्थिक बर्ष २०७६÷०७७ को प्रगति प्रतिवेदन सचिव हरिप्रसाद गुराँगाई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिवलाल आचार्यले प्रस्तुत गरेका थिए । उपशाखा सभापति मित्रप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सभाले आगामी बर्षमा कार्यालय घेरावारा, रङरोकन, सोलार वत्ती जडान, खानेपानी ब्यबस्थापन र कम्प्युटर तथा फोटोकपी ब्यबस्थापन गर्ने कार्ययोजना प्रस्तुत गरेको सचिव गुराँगाईले बताए ।
सभाको समापन कार्यक्रममा मेयर थेबे, वडाध्यक्ष सूर्यप्रसाद दुलाल, रेडक्रस पूर्व सभापति कृष्ण खाकी, समाजसेबी बिष्णुकुमार घिमिरे, यदुनाथ दुलाल, भक्तबहादुर काफ्ले , राधिका घिमिरेलगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्