कुमरखोद , माघ १८ । झापा गाउँपालिका वडा नं . १ सडकवाडीको मुस्लिम गाउँमा हिजो आगलागी हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

शनिबार दिउँसो अन्दाजी ४ बजे सन्जय दासको घरमा कोही नभएका बेला अचानक आगलागी हुँदा सम्पूर्ण घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारणका बिषयमा अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट दासको कच्ची घर ,घरभित्र रहेको नगद,खाद्यान्न,लत्ताकपडा जल्दा करिब रु १ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख प्रहरी नायब निरिक्षक खड्गबहादुर गिरीले बताए । झापा गाउँपालिका वडा १ का अध्यक्ष राजकुमार यादव र वडा सदस्य सन्त निरौलाले हिजो नै पीडित दासको घरमा पुगी राहत सामग्री उपलब्ध गराएका छन् ।
आगलागीलाई स्थानीयवासी,सशस्त्र प्रहरी बल नेपाल टाघनडुब्बा बिओपीे र इप्रका कुमरखोदको टोलीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्