भद्रपुर ,माघ १८ । अवैध रुपमा चिठ्ठा बिक्री गर्दैगर्दा एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बंगाल डाँगीजोत बस्ने २२ वर्षिय मोहम्मद समिर नाम बताउने व्यक्ति रहेका छन् ।आइतबार विहान भद्रपुरमा चिठ्ठा बेच्दै गर्दा उनी पक्राउ परेका हुन् ।

बिहान १०.५० बजे भद्रपुर ५ स्थित बसपार्कमा चार हजार मूल्य बराबरको चिठ्ठा बेच्न घुमिरहेको अबस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेर कानुन कारबाही अगाडी बढाईने प्रवक्ता राकेश थापाले जनाएका छन् ।