झापा , माघ १८ । विभिन्न अभियोग लागेर फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्ने क्रममा थप दुईजनालाई पक्राउ गरी प्रहरीले कारागार चलान गरेको छ ।

बिभिन्न मितिमा अदालतबाट सजाय तथा जरिवाना ठहरिएका बन पैदावर हानी नोक्सानी तथा ओसारपसार मुद्धाका कन्काई वडा नं. २ बस्ने भिम राई र सवारी ज्यान मुद्धाका प्रतिवादी मेचीनगर १३ बस्ने लालबिर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । २८ वर्षिय राईलाई अदालतले २०७४ बैशाख २१ गते पन्ध्र दिन कैद र ३४ हजार रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका उनी आइतबार पक्राउ परेका हुन् ।

त्यस्तै ५२ वर्षिय विश्वकर्मालाई अदालतले २०६७ जेठ ३१ गते एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । फरार रहेका उनी शुक्रबार पक्राउ परेका हुन् । दुवैलाई कैद भुक्तानको लागि कारागार चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्