बिर्तामोड , माघ १८ । विश्व हिन्दु महासंघ झापा शाखाको अध्यक्षमा पुनः मोहनप्रसाद उप्रेती चयन भएका छन् ।

महासंघको छैठौं अधिवेशनले उप्रेतीलाई अर्को कार्यकालका लागि अध्यक्ष पदमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा लक्ष्मीप्रसाद ओली , सचिव गणेशबहादुर कार्की र कोषाध्यक्षमा कृष्णप्रसाद उप्रेती चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा त्रिलोचन आचार्य , सरिता ओली , राधिका संग्रौला , पुन्यप्रसाद प्रसाई , प्रेमप्रसाद चिमरिया , कृष्णप्रसाद चुडाल , केवलराम काफ्ले , गोमा सिटौला , पशुपति आचार्य , नव अर्याल , अग्नि तिम्सिना , टीका शिवाकोटी र सीता अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक हरि सिटौलाले बताए । विधान अनुसार ७५ जनाको जिल्ला समिति निर्माण गर्न अन्यलाई मनोनयन गरिने अध्यक्ष उप्रेतीले बताए ।

उनका अनुसार ११ जनाको सल्लाहकार समिति पनि चयन गरिने छ । महासंघका केन्द्रीय सदस्य यज्ञ ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ नागरिकहरु गंगा ओली , रुपा प्रसाई , भजन गाउनेहरु राधिका संग्रौला , टीका शिवाकोटी , डिल्लीमाया सेढाई र कमला तिम्सिनालाई सम्मान गरिएको थियो । अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा डिल्ली उप्रेती, लक्ष्मीप्रसाद ओलीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन गणेशबहादुर कार्की र कृष्णप्रसाद उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्