झापा , माघ १९ । गएराति झापाको कचनकवल १ घेराबारीमा भएको आगलागीबाट जलेर एकजनाको मृत्यु भएको छ ।

आगलागीबाट घरधनी अन्दाजी ६० वर्षिय गोबर्धन राजबंशीको मृत्यु भएको हो । राजवंशीको काठको खम्बा टिनको बेरा र टिनकै छानो भएको एकतल्ले घरमा अचानक आगलागी भएको थियो ।आगलागीमा परी उनको एउटा माउ गाई, दुईवटा बाछा र तीनवटा बाख्रासमेत जलेर मरेको प्रहरीले जनाएको छ । राति १.२० बजे खबर प्राप्त हुनासाथ प्रहरी चौकी घेरावारीबाट गएको टोली, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासी समेतको सहयोगमा राति १.५५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जनाइएको छ । घर पूर्ण रुपमा जलेर नष्ट हुँदा भएको क्षतिको यकिन विवरण तत्काल नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्