भद्रपुर , माघ १९ । ज्यान मार्ने उद्योग मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतको २०७१ माघ २८ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा पाँच बर्ष कैद सजाय फैसला भई हालसम्म फरार रहेका बिर्तामोड १ का ३० वर्षिय भुवन मेचे पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले माघ गते पक्राउ गरेको हो । अदालत पत्र आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार चन्द्रगढी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्