बिर्तामोड , माघ २० । आज दिउँसो बिर्तामोडमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
दिउँसो २.४० बजे बिर्तामोड नगरपालिका वडा नं. १ पश्चिम स्टेन्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख १५२० नं. को बसले ठक्कर दिँदा दक्षिणबाट उतरतर्फ बाटो काट्दै गरेका पैदलयात्री बिर्तामोड ६ बुट्टाबारी बस्ने ३२ वर्षिय सागर मिश्रको मृत्यु भएको हो । मागी हिड्ने मिश्रलाई बसले ठक्कर दिई घाईते बनाएपछि उपचारको लागि बिर्तासिटी अस्पताल पठाईएकोमा अस्पताल पु¥याउन साथ उनको मृत्यु भएको थियो । ठक्कर दिने बस र बस चालक बिर्तामोड ७ बस्ने ३८ वर्षिय रवि पाठकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।