झापा, माघ २१ । नेपाल उद्योग वाणिज्य महासंघ व्यापार मेला समितिको केन्द्रीय सदस्यमा झापाका दुई युवा व्यवसायी मनोनित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रथम विस्तारित वैठकबाट बिर्तामोडका व्यवसायी वलराम कार्की र मेचीनगरका व्यवसायी ऋषिराम तिम्सिना मनोनित भएका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले कार्की र तिम्सिनालाई सदस्यको प्रमाणपत्र प्रदान गरेका थिए । देशभरबाट २१ जना महासंघको व्यापार मेला समितिमा सदस्य रहेका छन् । समितिको सभापतिमा झापाकै व्यवसायी नरेन्द्रकुमार खड्का रहेका छन् ।

कार्कीले बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष , नागरिक स्वास्थ्य सहकारीका अध्यक्ष, झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष, लायन्स क्लवलगायत विभिन्न संघसंगठनमा रहेर काम गरिसकेका छन् । त्यस्तै मेचीनगरका व्यवसायी तिम्सिना मेची उद्योग वाणिज्य संघको अध्यक्ष हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्