कमल , माघ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी कमल गाउँपालिका वडा न.५ को अध्यक्षमा पुनः खड्गबहादुर श्रेष्ठ चुनिएका छन् ।

एकीकृतपछिको बुधबार सम्पन्न प्रथम वडा अधिबेशनले श्रेष्ठको अध्यक्षतामा वडा समिति गठन गरेको हो ।
१५ सदस्यीय गठित समितिको उपाध्यक्षद्वयमा मिनबहादुर भण्डारी र अम्बरबहादुर कार्की,सचिवमा भक्तिप्रसाद नेपाल,सहसचिवमा जानुका विष्ट र कोषाध्यक्षमा तारादेवी वस्नेत चुनिएका छन् । यस्तै सदस्यहरुमा भानुभक्त नेपाल,सन्तोष कुइकेल,पुष्पलाल धिताल,गंगाबहादुर बस्नेत,पार्वता ढकाल,छत्रबहादुर बस्नेत,खड्गबहादुर पराजुली,बृखबहादुर दर्जी,धनमाया बस्नेत चुनिएका छन् ।

यसैगरी चन्द्रबहादुर कार्कीको संयोजकत्वमा नविन बस्नेत र विमला नेपाल सदस्य रहेको प्रचार उपसमिति समेत गठन गरिएको जनाईएको छ । पार्टीका प्रदेश समिति सदस्य विक्रम अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा पार्टीका जिल्ला सदस्य दिपक खरेल,भूपाल बस्नेत, पार्टी कमल पालिकाका सचिव युवराज खड्कालगायतले बोलेका थिए । वैशाखमा हुने महाधिबेशनलाई लक्षित गरी पार्टीले कमलका सातवटै वडाहरुमा एकीकृतपछिको धमाधम पहिलो वडा अधिबेशन गर्न थालेको जिल्ला सदस्य खरेलले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्