बिर्तामोड , माघ २२ । बिर्तामोड नगरपालिका २ लालमाटीमा रहेको कुर्मुरे फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडबढीको क्षति भएको छ ।

गएराति ११ बजेतिर विद्युत सर्ट भई त्यहाँ अचानक आगलागी भएको थियो । आगलागीबाट ९ करोड ३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सो फ्याक्ट्री १५ कठ्ठामा फैलिएको छ । आगो निभाउन बिर्तामोड , भद्रपुर , दमक , मेचीनगर र पानीट्यांकीको गरी ५ वटा दमकल बोलाइएको थियो । आगो नियन्त्रणभन्दा बाहिर गइसकेकाले ठूलो क्षति भएको बिर्तामोड नगरपालिकाका दमकल इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए । आफूहरु अझै घटनास्थलमै रहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्