बिर्तामोड , माघ २३ । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफ्नो लोकप्रियता देखाउन सडकमा जुलुस उतार्नु लाजमर्दो भएको टिप्पणी गरेका छन् ।

राजधानीमा आज आयोजित सभालाई इंगित गर्दै उनले २०४६ सालपछि ओली सरकारले त्यस्तो लाजमर्दो काम गरेको बताएका हुन् । प्रेस संगठन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड–माधव समूहका नेकपा नेता खनालले आफूलाई लोकतान्त्रिक , लोकप्रिय र संवैधानिक देखाउन ओली सरकारले जति नै नाटक गरेपनि जनताले नपत्याउने बताए । उनले ओलीलाई प्रकृतिले पनि साथ नदिएको धारणा राखे । ‘काठमाडौंको आकाशमा तुँवालो लागेको छ पानी परिरहेको छ ’उनले भने , सूर्य देखिन छोडेको छ ।‘ सूर्य चिन्ह आफ्नो समूहले नै पाउने खनालले दावी गरे । उनले केही मानिसहरु जसको आँखा अन्धो भएको छ उसले मात्र प्रतिगमनलाई साथ दिइरहेको बताउँदै भ्रमबाट मुक्त भएर आफूहरुको आन्दोलनमा आउन उनले आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्