झापा,माघ २३ । प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पत्रकारले प्रदर्शन गर्ने भएका छन् ।

प्रेस युनियन र प्रेस संगठन झापा शाखाको संयुक्त आयोजनामा माघ २७ गते मंगलबार बिहान ११ बजे झापाको बिर्तामोडमा प्रदर्शन गरिने भएको हो । दुई संगठनको शुक्रबार बिर्तामोडमा भएको संयुक्त छलफलले प्रदर्शन गर्ने निर्णय गरेको हो ।
ओली नेतृत्वको सरकारले गत पुष ५ गते गरेको संसद विघटन असंवैधानिक रहेको ठहर गर्दै सञ्चारकर्मीहरुले प्रदर्शन गर्न लागेका हुन् । ओलीको उक्त कदम असंवैधानिक भएको भन्दै नेपाल पत्रकार महासंघले पुष ५ गते नै विज्ञप्ति जारी गर्दै विरोध जनाइसकेको छ । त्यस्तै नेपाल प्रेस युनियनको गत माघ २१ गते बर्दियामा सम्पन्न केन्द्रीय समितिको बैठकले जनप्रतिनिधिले बनाएको संविधान र पटक पटकको अन्दोलनबाट प्राप्त उपलब्धीलाई धुलिसात गर्ने षडयन्त्र भएको ठहर गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्