दमक , माघ २४ । झापा, मोरङ र सुनसरीमा बसोवास गर्दै आएका दर्जी समुदायभित्रको खराङ्गे दर्नालहरुको कुलवंश प्रतिष्ठानले आफ्नो वंशभित्रका ७ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा ज्येष्ठ सदस्यहरु ७७ वर्षीय छत्रबहादुर दर्नाल , ७७ वर्षीय बिष्णुप्रसाद दर्नाल , ७३ वर्षीय दलबहादुर दर्नाल , ८१ वर्षीय धनकबहादुर दर्नाल , ७५ वर्षीय सरीमाया दर्नाल , ७३ वर्षीया धनमाया दर्नाल र ७० वर्षीया मनमाया दर्नाललाई कार्यक्रमका प्रमुख अतिथि छत्रबहादुर दर्नालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । प्रतिष्ठानको तदर्थ समितिका अध्यक्ष कुमार दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि छत्रबहादुर दर्नाल ,प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष जीवन दर्नाल र सदस्य रोशन दर्नाललगायतले खराङ्गे दर्नालबीचको एकता कायम राख्न सबै दर्नाल बन्धुहरु मिलेर अघि बढ्नु पर्नेमा जोड् दिए । झापा , मोरङ र सुनसरीमा बसोवास गरेका दर्नालहरुबीच आपसी सद्भाव कायम गर्नुका साथै दर्नालहरुको उत्पत्ति र भाइबन्धुबीच परिचय भएको सदस्य डिबी दर्नालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्