बिर्तामोड , माघ २५ । खानेपानी र सरसफाईका अभियन्ता पर्शु्राम सिटौलाको निधनले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई अपुरणीय क्षति पुगेको छ ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष सिटौलाको ५५ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । सिटौलाको निधनप्रति दुख व्यक्त गर्न बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आयोजित शोक सभाका सहभागीहरुले सक्षम नेतृत्व सिटौलालाई गुमाउनु पर्दा संस्थालाई ठूलो क्षति पुगेको महसुस गरेका हुन् ।उनीहरुले सामाजिक व्यक्तित्व सिटौलाले दिएको योगदान बिर्सनै नसकिने उल्लेख गरे । शोक सभामा बोल्दै संस्थाका सल्लाहकारहरु लोकबन्धु कन्दङ्वा , राजकुमार पोखरेलले बिर्तामोड खानेपानीले एकजना अभिभावक गुमाएको बताए । उनीहरुले दुई कार्यकाल उपाध्यक्ष रहेका सिटौलाले कुशल ढंगले आफ्नो पदीय जिम्मेवारी निर्वाह गरेको स्मरण गरे । कार्यक्रममा संस्थाका अध्यक्ष जलकुमार गुरुङले सिटौलाले टीमवर्कका लागि गरेको सहकार्य प्रशंसनीय रहेको बताए । उनले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भौतिक प्रगति, क्षेत्र विस्तार र सुविधा विस्तारमा उपाध्यक्ष सिटौलाले महत्वपूर्ण भूमिका खेलेको बताए । बिर्तामोड खानेपानी संस्थाका पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव मेघराज बाँस्तोलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्