बुधबारे, माघ २६ । बुधबारे जेसीजले झापा बुद्धशान्ति–३ का १० महिने बालक योगेश ढुंगेलको उपचारका लागि १२ हजार रुपैयाँ सहयोग गरेको छ ।

बुद्धशान्ति ३ का लक्ष्मीप्रसाद तथा इन्द्रमाया ढुंगेलका छोरा केही समययता फिस्टुला भई विरामी अवस्थामा छन् । उनको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि बुधबारे जेसीजले थोरै भएपनि सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए । बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालको संयोजकत्वमा विरामी बालकको घरमा पुगेर सोमबार बुधबारे जेसीजले रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, महासचिव सुजित बराल, कानुनी सल्लाहकार गजुहाङ योङहाङको सहभागिता रहेको बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारीले बताए ।