झापा , माघ २६ । प्रतिबन्धित लागु औषध ब्राउनसुगरसहित थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कमल गाँउपालिका वडा नं. ६ बस्ने २८ वर्षिय प्रकाश लिम्बु र मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने २४ वर्षिय सुरज खड्का रहेका छन् । आज दिउँसो ३ बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची पुलबाट ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा कमल ६ का लिम्बुले शरीरले विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको १८ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै आज बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं. ७ गैरीगाँउबाट जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले आधारमा चेकजाँच गर्ने क्रममा वडा नं. ६ मिनी मार्केट बस्ने खड्कालाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । दुवैलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्