झापा , माघ २७ । झापाली समाज कतारले झापाको अर्जुनधारा २ का एक क्यान्सरपीडित बालकलाई उपचारमा सहयोग पु¥याउन आर्थिक सहयोग गरेको छ ।

समाजले सोमबार अर्जुनधारा २ का क्यान्सरपीडित ९ बर्षीय बालक प्रशान्त सुनारलाई एक लाख १ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

अर्जुनधारा वडा २ का वडाध्यक्ष रघुनाथ खनाल, झापाली समाज कतारका संस्थापक अध्यक्ष तथा प्रवासी समाज झापाका अध्यक्ष गणेश काफ्ले, कार्यसमिति सदस्य सुदर्शन रोक्का , समाजका सहयोगी सुजन खड्कालगायतले संयुक्तरुपमा उक्त रकम पीडित बालकका बुबा बिष्णु सुनार तथा आमा सन्तोषी सुनारलाई प्रदान गरेका हुन् ।

आर्थिक अवस्था नाजुक भएका बालकलाई उपचारमा केही सहज होस् भन्ने हेतुले समाजले सहयोग गरेको समाजका कार्यसमिति सदस्य सुदर्शन रोक्काले बताए ।
ब्रोनम्यारोको क्यान्सरबाट दुई बर्षअघिदेखि पीडित बनेका विपन्न सुनारका बारेमा अर्जुनधारा सेवा समाजका अध्यक्ष गणेश दुलालले समाजलाई जानकारी गराएका थिए । समाजले सामाजिक उत्तरदायित्व तथा मानवीय भावनाले सुनारलाई सहयोग गरेको जनाएको छ ।
वडाध्यक्ष खनालको प्रमुख आतिथ्यतामा भएको रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य रोक्काले गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक , शैक्षिक तथा राजनीतिक क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्