झापा,माघ २८ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा प्रत्येक वर्ष प्रदान गरिंदै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार यो वर्ष राधा खनाललाई प्रदान गरिने भएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न संस्थाको कार्यसमितिको बैठकले पुरस्कार प्रदानका लागि छनोट समितिले गरेको सिफारिसलाई सर्वसम्मत अनुमोदन गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए । यसअघि लोकराज ढकाल संयोजकत्वमा रेजिना गौतम र यज्ञप्रसाद पाठक सदस्य रहेको छनोट समितिले पुरस्कारका लागि प्रतिभा छनोट गरेको थियो ।खनाल झापामा रहेर काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिकमा कार्यरत रहेकी छन् ।
तीनवटै विधाको समान २१–२१ हजार नगद पुरस्कार राशीसहित सम्मानपत्र रहेको छ ।
संस्थाले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ट कृति पुरस्कारका लागि झापाली स्रष्टा कुमार भट्टराईद्वारा लिखित ‘अस्वत्थामा’ र दीर्घ साहित्य सेवासम्मान दमकका मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
पुरस्कार आगामी फागुन ८ गते संस्थाको विर्तामोडस्थित आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिने अध्यक्ष प्रसाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्