झापा , माघ २९ । ठगी मुद्धाका एक फरार प्रतिवादी पक्राउ परी कारागार चलान भएका छन् ।

कारागार चलान हुने बिर्तामोड ३ बस्ने ३६ वर्षिय खेमचन्द्र राई रहेका छन् । उनलाई बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको थियो । राईलाई सर्वोच्च अदालतको २०७४ मंसिर १३ गतेको फैसला अनुसार दुई वर्ष ६ महिना कैद र २३८ रुपैयाँ जरिवाना तोकिएको थियो । फैसला कार्यान्वयनको लागि बिहीबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्