दमक, माघ ३० । दमक जेसीज बर्ष २०१८ का अध्यक्ष चन्द्र खत्री नेपाल जेसीजको सल्लाहकारमा मनोनित भएका छन् ।

दमक ८ निवासी युवा व्यक्तित्व खत्रीलाई नेपाल जेसीजले जेसीज अभियानमा कुशल नेतृत्व तथा सवल व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको तथा जेसीज अभियानलाई उच्च स्थानमा पुर्याउनसमेत योगदानको अपेक्षा गरी विधान अनुसार सल्लाहकारमा मनोनयन गरेको नेपाल जेसीजले जनाएको छ ।

नेपाल जेसीजले बर्षेनि जेसीज अभियानकर्मीको क्रममा विशिष्ट योगदान पुर्याउनेहरुको छनोट गरी एड्भाइजर बोर्ड गठन गर्दै आएको छ ।
नेपाल जेसीजका बर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालले खत्रीलाई बोर्डमा मनोनित गरेको जनाईएको छ । बोर्डमा मनोनित भएपछि खत्रीले जेसीज अभियानलाई सार्थक उपलव्धिमूलक बनाउन आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । खत्री जेसीजसंगै दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ,दमक ८ स्थित एलाईड अंग्रेजी बोर्डिङ्ग स्कुलका सञ्चालक तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्