झापा , फागुन ३ । आज दिउँसो जंगली हात्तीको आक्रमणबाट झापाको जलथल जंगलमा एक महिलाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका २ कमलधाप बस्ने ५० वर्षिया सीता दाहाल साथीहरुसंग जंगलमा घाँस काट्न गएको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको थियो । घाईतेलाई उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्