भद्रपुर , फागुन ७ । जीउ मास्ने बेच्ने मुद्धाका एक फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् ।

साविक खजुरगाछी गाविस वडा नं. ६, हाल गौरीगंज गाउँपालिका वडा नं. ६ बस्ने ४५ वर्षिय धिरज प्रधान पक्राउ परेका हुन् । उनले २०५६ कार्तिक २९ गते खजुरगाछी गाविस ६ बस्ने एक महिलालाई ललाईफकाई दमकस्थित मन्दिरमा लगेर बिहे गरी भारत सिलिगुडीमा लगि बेचबिखन गर्ने प्रयास गरेका थिए । ती महिलाले थाहा पाएपछि इटहरीबाट भागेर आई ईलाका प्रहरी कार्यालय गौरीगंजमा उजुरी दिएकी थिइन् । जीउ मास्ने बेच्ने मुद्धा दर्ता भई अनुसन्धान गर्ने क्रममा हालसम्म फरार रहेका प्रधानलाई खोजतलास गर्ने क्रममा मोरङको पथरी शनिश्चरेबाट पक्राउ गरिएको हो । पथरी बजारमा प्रधान फोटो स्टुडियो खोली संचालन गर्दै आएका प्रधानलाई ईलाका प्रहरी कार्यालय पथरीको समन्वयमा फागुन ५ गते पक्राउ गरिएको र अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्