भद्रपुर, फागुन ८ । बाह्रदशी जेसीजको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा २१ जनाले रगत दान गरेका छन् ।

कार्यक्रममा रेडक्रसको प्राविधिक संयोजन रहेको थियो ।
जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाकी उप्रमुख रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा जीवन धमला, श्याम गोस्वामीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक सोमनाथ बजगाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम सञ्चालन महासचिव तीर्थप्रसाद काफ्ले र स्वागत कार्यकारी उपाध्यक्ष टंक कार्कीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्