झापा , फागुन १६ । झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन भएको छ ।

गएराति ११ बजे काठमाडौँमा उनको निधन भएको परिवारले जनाएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा डा. उप्रेती लामो समयदेखि काठमाडौँमा छोरा डा. सञ्जीव र बुहारी डा.अर्चना थापासँग बस्दै आएका थिए । डा. शंकरले झापाको शनिश्चरे बजार नजिक रहेको निजी निवासमा करिब ५० वर्ष सर्वसाधारणलाई चिकित्सा सेवा दिएका थिए । आठराई चुहानडाँडामा जन्मेर झापा शनिश्चरेमा स्थायीरुपमा बसी चिकित्सकीय क्षेत्रबाट लाखौँ मानिसको सेवा गर्ने उनी एक मृदुभाषी,इमान्दार,राष्ट्रिय चिन्तन भएका कुशल ब्यक्तित्व रहेका थिए ।उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्