झापा , फागुन १८ । बहुविवाह मुद्धाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतको २०७१ भदौ ३० गतेको फैसला अनुसार बहुविवाह मुद्दामा साविक शान्तिनगर ६ र हाल मेचीनगर १० बस्ने ३० वर्षिय तोयानाथ अधिकारीलाई एक वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका प्रतिवादी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फागुन १७ गते पक्राउ गरेको हो । कैद भुक्तानको लागि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्