भद्रपुर , फागुन २१ । झापा सदरमुकामस्थित चन्द्रगढीमा गुडिरहेको अवस्थामा एक्कासी ट्रकमा आगलागी भएको छ ।

चारआलीबाट भद्रपुर आउँदै गरेको प्लाइको कच्चा पदार्थ भेनियरको भारी रहेको ना ३ ख ५८८१ नम्बरको ट्रक चन्द्रगढी चौक नजिकै भद्रपुर रोडतिर मोडिने क्रममा कृषि विकास बैंक छेउमा आगलागी भएको हो ।
स्थानीय बासिन्दाका अनुसार हिँडिरहेको गाडीमा एक्कासी आगो निस्किएको थियो । झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार अपरान्ह तीन बजेतिर चारआलीबाट भद्रपुरतर्फ आइरहेको प्लाइउडका टुक्रा बोकेर आएको सो ट्रकमा एक्कासी आगो लागेको थियो । आगलागीको कारण खुल्न नसकेको जानकारी दिँदै प्रवक्ता थापाले आगलागी नियन्त्रणमा लिन भद्रपुर, विर्तामोड नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली परिचालन गरिएको बताए । गाडीको विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्