दमक,फागुन २२ । भोलि आइतवारदेखि दमकमा एक सातासम्म हुने दमक फूड फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ ।

फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूड फेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको छ ।
फेस्टिवल प्रचारप्रसार समितिका संयोजक काजी राउतका अनुसार फेस्टिवल सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी सकिएको छ । दमक बसपार्क नजिकै पशुहाट क्षेत्रमा लाग्ने फेस्टिवलमा करिव ४७ वटा व्यावसायिक स्टल रहने र ती सवैको बुकिङ भईसकेको छ ।
फेस्टिवलमा स्थानीय खानाका परिकारहरुसंगै स्थानीय हस्तकला,कृषि उपजहरुको प्रर्दशनीका साथै स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती रहने फेस्टिवलका संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए ।
फेस्टिवल सम्पन्न गर्न सघाउ पुर्याउने उद्देश्यले भुपेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक उपसमिति, काजी राउतको संयोजकत्वमा प्रचारप्रसार,गणेश अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन,योगराज दंगालको संयोजकत्वमा सुरक्षा उपसमिति,मदन ढकालको संयोजकत्वमा सांस्कृतिक उपसमिति,सुधिर प्रधानको संयोजकत्वमा अतिथि सत्कार र नन्दप्रसाद चम्लागाईको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
संघका अध्यक्ष राजेन्द्र दंगालले फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यावसायिक कारोबार हुने अनुमान गरिएको बताए । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री प्रदेश राम रानाको प्रमुख आतिथ्यतामा फेस्टिवल उद्घाटन कार्यक्रम राखिएको छ ।
फेस्टिवलमा मुख्य प्रायोजक टेन्सबर्ग, सहप्रायोजकमा विगमास्टरलगायतका व्यावसायिक गृहले सहयोग पुर्याएका छन् । सातै दिन फेस्टिवलमा सृजना खत्री, सन्दीप क्षेत्री, मेलिना राई, लाहुरे,निशान भट्टराई रिया श्रेष्ट ,भीटेन ,ज्योति मगरलगायतका चर्चित कलाकारहरुको वेजोड प्रस्तुती रहने जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्