बिर्तामोड , फागुन २३ । मनकामना काली मन्दिर तथा सत्संग भवन समिति बिर्तामोड १० को पहिलो साधारणसभा सम्पन्न भएको छ ।

सामाजिक अभियन्ता एवं कलाकार क्षितिज नाट्य समूहका माधव कल्पितले साधारणसभाको उद्घाटन गरे । मनकामना काली मन्दिर तथा सत्संग भवन समितिका अध्यक्ष धु्रवप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा चारपाने गाविसका पूर्व अध्यक्ष प्रेमप्रकाश सिटौला, विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञ ओली, मनकामना किर्तन मण्डलीका अध्यक्ष युवराज पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समितिका अध्यक्ष शिवाकोटीले प्रगति एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा जग्गादाताहरु निमकुमारी पाठक र रमेश खरेललाई सम्मान गरिएको थियो । कोरोना संक्रमणका कारण जग्गा उपलव्ध भएर पनि निर्माण गर्न नसकिएको काली मन्दिर र सत्संग भवनलाई निर्माण गरेरै छाड्ने प्रतिवद्धता कार्यक्रममा व्यक्त गरिएको थियो । सुनिता निरौला बाँसकोटाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव हरि सिटौलाले गरेको सहसचिव मिलन आले मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्