सुरुङ्गा , फागुन २४ । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित जनकल्याण समाजले रक्तदान कार्यक्रमको आयोजना गरी आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ ।

२०४४ सालमा स्थापित यो संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष फागुन २४ गते रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । रक्तदान जीवन दान भन्ने नाराका साथ सम्पन्न गरिएको रक्तदान कार्यक्रममा ६ महिलासहित जम्मा ४० जनाले रक्तदान गरेका थिए । मनोजकुमार थापाको अध्यक्षता तथा सचिव डिल्लीराम चापागाईको संचालन रहेको कार्यक्रमा उपाध्यक्ष भिष्मभुषण सिटौलाले रक्तदान गरी कार्यक्रम शुभारम्भ गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमको अवसरमा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, वडाध्यक्ष लिलाबहादुर कन्दङ्वा, वडा सदस्य गीता चौहानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्