शिवसताक्षी, फागुन २५ । शिवसताक्षी नगरपालिका वडा नं. ९ यलम्बर चोक स्थित पूर्व पश्चिम राजमार्गमा बससँग स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान १० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नं. को बस र बिपरित दिशातर्फ जादै गरेको को ३८ प ४१९४ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ईलाम चुलाचुली गाउँपालिका वडा नं. ४ बस्ने ३८ वर्षिय राजेन्द्र देवान र सोही स्कुटीको पछाडी सवार सोही ठाउँका ४० वर्षिय पूर्ण राई घाईते भएका थिए । उनीहरुलाई उपचारको लागि बिएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा ११ बजे स्कुटर चालक देवानको मृत्यु भएको हो । बस चालक झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ नयाँ बस्ती बस्ने ४० वर्षिय मानबहादुर पुरी , बस र स्कुटर ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्