दमक, फागुन २५ । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालासहित केन्द्रीय नेताहरु झापाको दमक आइपुगेका छन् ।

गौरादहमा भएको ठाकुर समाज झापाको जिल्ला अधिवेशन उद्घाटन सकेर नेता कोइराला दमक आएका हुन् । कांग्रेस झापा क्षेत्र नं ५ द्वारा दमकस्थित पार्टी कार्यालयमा आयोजना गरिएको क्षेत्रीयस्तरका अगुवा कार्यकर्ताहरुसंग भेटघाटका लागि नेता कोइराला आएका हुन् । त्यस्तै कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्र्र भण्डारी , गुरु घिमिरे धनराज गुरुङ र सरिता प्रसाइँ पनि कार्यकर्ता भेटघाटमा उपस्थित छन् । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेटघाटमा महासमिति, महाधिवेशन प्रतिनिधि, पार्टीका जिल्ला, क्षेत्र, नगर तथा गाउँस्थित पदाधिकारी, सदस्यलगायत भातृ संघसंगठनका पदाधिकारी सदस्यहरु ठूलो संख्यामा उपस्थित भएका थिए । कार्यक्रममा नेपाल महिला संघ दमक नगर सभापति मन्धरा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् । आसन्न १४ औं महाधिवेशनमा सभापतिका दावेदार डा. शेखर कोइराला बुधबार कांग्रेसका पूर्व सांसद डा शंकर उप्रेतीको श्रद्धाञ्जली सभा र बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना हुने जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्