दमक, फागुन २५ ।दमकमा सञ्चालित प्रथम नगरकप भलिवल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ ।

दमक ५ स्थित दिपिनी आधारभूत विद्यालयको प्राङगणमा सोमबार सम्पन्न फाइनल खेलमा विजेता कमलले मोरङको लेटाङ भोगटेनी नगरपालिकालाई ३–१ को सोझो सेटमा हराउँदै उपाधि हासिल गरेको हो । उपाधिसंगै विजेता कमलले नगद ४० हजारसहित ट्रफी तथा प्रमाणपत्र हात पार्यो भने उपविजेताले रु २५ हजारमा चित्त बुझाउनुपरेको छ ।
गत फागुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश १ का विभिन्न १२ पालिकाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बेष्ट स्पाईकर कमलकी नेगिशा गौतम , बेष्ट सटर बिजेता मादेन सेटर , बेष्ट डिफेन्स संगम राई र म्यान अफ द सिरिज लेटाङकी अन्जना लिम्बू घोषित भए ।
१११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई दमक नगर उपप्रमुख गीता अधिकारीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्