बिर्तामोड , फागुन २५ । घर बहाल संघ बिर्तामोडको अध्यक्षमा राजकुमार पोखरेल चयन भएका छन् ।

घरबहाल संघ बिर्तामोडको प्रथम साधारणसभाले पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा जलकुमार गुरुङ, सचिव शारदाप्रसाद थपलिया , सहसचिव ओमप्रकाश श्रेष्ठ , कोषाध्यक्ष उर्मिला विमली खरेल चुनिएका छन् । त्यस्तै सदस्यहरुमा मेगेन्द्र लिङ्देन , कुमार राई , दिपेन्द्र राउत , देविका बस्नेत , सुरेशकुमार वंशल र शोभा खड्का रहेका छन् । घर बहालमा दिँदा विभिन्न समस्याहरु आइपरेपछि त्यसलाई समाधान गर्नका लागि घर बहालमा दिनेहरु संगठित भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्