बिर्तामोड , फागुन २७ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सुविधासम्पन्न भवन बन्ने भएको छ ।

पुरानो भवनबाट सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्न असजिलो भएपछि बिर्तामोड खानेपानी संस्थाले आधुनिक सुविधासम्पन्न भवन बनाउने भएको हो । बन्न लागेको भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । नेपाल परिवार नियोजन महासंघका पूर्व केन्द्रीय अध्यक्ष ,नेपाल चिया तथा कफी बोर्डका पूर्व राष्ट्रिय उपाध्यक्ष , नेपाली कांगे्रस भौतिक पूर्वाधार तथा लगानी बोर्डका १ नं प्रदेश अध्यक्ष, उद्योगपति , समाजसेवी तथा दानवीर छत्रबहादुर गिरीले भवनको शिलान्यास गरे । गिरीबन्धु टी इस्टेटका संचालकसमेत रहेका प्रमुख अतिथि गिरीले बन्न लागेको भवन र ट्यांकीको लागि आबश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । माथिल्लो तलामा सभाहलसहित दुई तलाको भवन निर्माण हुने भएको छ । एउटै भवनबाट सेवाग्राहीहरुलाई सम्पूर्ण सेवा दिनेगरी सो भवन निर्माण गर्न लागिएको बिर्तामोड खानेपानी संस्थाका सचिव मेघराज वाँस्तोलाले बताए । उनका अनुसार निजी स्रोत र दाताहरुबाट सहयोग जुटाएर एक वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । पुरानो भवनबाट सेवा दिनेक्रममा कर्मचारीसँगै सेवाग्राहीहरुलाई समेत अप्ठ्यारो परिरहेको उनले बताए ।

बिर्तामोड खानेपानी सस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रस झापाका पूर्व उपसभापति तथा संगठन विभाग प्रमुख देउमान थेवे , सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी , वरिष्ठ अधिवक्ता टंक उपे्रती ,वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांगे्रसका जिल्ला सभापति उद्धव थापा , नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, बिर्तामोड १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे , ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला,मेची डिलर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापा , निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष दिपेन्द्र पोखरेल,नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता विमली खरेल ,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल,जिल्ला उपाध्यक्ष एकराज गिरी , सहसचिव केशव भट्टराई,युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पोडेल, कंचनजंघा परोपकार समाजकी अध्यक्ष पार्वती बस्नेतलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन बिर्तामोड खानेपानी संस्थाका सचिव मेघराज वाँस्तोलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्