बिर्तामोड, फागुन २८ । बिर्तामोडमा रहेको विराटज्योति अंगे्रजी मावि र काठमाडौंको ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजबीच व्यवस्थापकीय सहकार्य भएको छ ।

फोटो चन्द्रमणि घिमिरे

बिर्तामोड ३ सैनिकमोडमा स्थापना भएर साढे दुई दशकदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको विराट ज्योति अंगे्रजी मावि र शैक्षिक क्षेत्रमा अनवरत रुपमा सेवा दिदै आएको बानेश्वर काठमाडौस्थित ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजबीच यसै शैक्षिक सत्रदेखि व्यवस्थापकीय सहकार्य हुने संझौता भएको हो । त्यसबारे दुवै पक्षले आज संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । परम्परागत शैक्षिक प्रणालीलाई चिर्दै समयसापेक्ष ढंगले विद्यार्थीहरुलाई सिकाउनु र विद्यार्थीहरुको पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राखेर उनीहरुको चौतर्फी विकास गराउनु प्रमुख उद्धेश्य रहेको साझेदार पक्षले बताए । विराट ज्योति अंगे्रजी मावि २०५३ सालमा स्थापना भएको हो । नर्सरीदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको विराट ज्योतिमा प्लस टूमा व्यवस्थापन संकाय पनि पढाइ हुँदै आएको छ । हाल ११ सय विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । २०७८ सालको क्यालेन्डरदेखि विज्ञान र मानविकी संकाय तथा मोन्टेश्वरी शिक्षामा आधारित शिक्षा संचालन गर्ने उद्धेश्य रहेको ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजका प्रिन्सिपल दिवस शाक्यले बताए । उनले निकट भविष्यमा त्रिभुवन विश्वविद्यालयको बिबिएस भित्र्याउने योजना पनि रहेको जानकारी दिए । २०५१ सालमा स्थापना भएको ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजले २०६६ सालदेखि प्लस टूमा विज्ञान , व्यवस्थापन र मानविकी संकायमा शिक्षा प्रदान गर्दै आएको छ । हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिबिएम,बिबिएस, बिसिए,बिए र एमबिएसका कक्षा पनि चलाउँदै आएको ग्लेसियरले मोन्टेश्वरी शिक्षालाई व्यवस्थित र व्यवहारिक बनाउने उद्धेश्यले भारतस्थित हैदरावादको आइरिस फ्लोरेट्स फ्रान्चाइजअन्तर्गतको शिक्षा पनि प्रदान गर्दै आएको प्रिन्सिपल शाक्यले जानकारी दिए । कार्यक्रममा विराट ज्योति माविका अध्यक्ष गणेश ओलीले व्यवस्थापकीय जिम्मेवारी ग्लेसियरले लिएपनि पुरानो टीम यथावत रहने बताउँदै नयाँ व्यवस्थापनबाट विद्यालयको स्तर अझ माथि उठ्ने विश्वास व्यक्त गरे । शुभ साइतका प्रणित पुडासैनीले संचालन गरेको कार्यक्रममा विराट ज्योति माविका शैलेन्द्र सिटौला , ग्लेसियरका भाइस प्रिन्सिपल रेगन प्रसाईको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्