भद्रपुर, फागुन २८ । शुक्रवारे कार्यक्रमअन्तर्गत लेखनाथ पुस्तकालय चन्द्रगढीले एक कार्यक्रमका बीच कृति विमोचन गरेको छ ।

पुस्तकालयको सभाहल चन्द्रगढीमा शुक्रवार आयोजित कार्यक्रमका बीच साहित्यकार आनन्दप्रसाद घिमिरेद्वारा लिखित ‘बसन्ती’ नामक उपन्यासको विमोचन गरिएको हो ।
सुसेली साहित्य परिवार काँकरभिट्टाका अध्यक्ष पुण्य खरेलको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा उपन्यासको चर्चा साहित्यकार चुडामणि बशिष्ठले गरेका थिए । नवराज घिमिरेको अध्यक्षता तथा सचिव हरि न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेल ,डा. खगेन्द्र दाहाल,गंगाप्रसाद ओली, हिरा पोखरेल,चन्द्र घिमिरेलगायतले मन्तव्य राखेका थिए ।
बरिष्ठ साहित्यकार चुडामणि रेग्मीलगायतका साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा साहित्यकारहरुले विभिन्न कविता वाचन गरेका थिए । कार्यक्रमको स्वागत हरिकिशोर आचार्यले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्