झापा , फागुन २८ । किरात लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ झापा शाखाको ११ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखाको अध्यक्ष भक्त खेवाङको अध्यक्षता तथा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्य गोविन्द आङवोहाङको विशेष आतिथ्य रहेको थियो । बिर्तामोड १ सिरिजंघा चौकस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा सम्पन्न अधिवेशनले सेसेहाङ फियाकको अध्यक्षतामा आगामी ३ बर्षे कार्यकालको लागि ११ सदसीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा कालीबहादुर खेवाङ, सचिवमा प्रेमचन्द्र लिम्बू, सहसचिवमा कविन्द्र सेर्मा, कोषाध्यक्षमा धिरावती लिम्बू, सदस्यहरुमा दिलिप आङदेम्वे, धर्म लक्सम्बा, तारा लिम्बू, रुद्रबहादुर तवेवुङ, मनकुमारी पन्धाक र शर्मिला आङदेम्वे चयन भएका छन् । जिल्ला उपाध्यक्ष जनबहादुर जवेगुले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव जिवनकुमार सिंगकले गरेका थिए ।