दमक, फागुन २९ । झापामा डोरीतान संघ गठन भएको छ ।

शनिबार बिर्तामोडमा झापाभरिका पालिकाका प्रतिनिधिमूलक यूवाहरूको एक भेलाले दमकका युवा व्यक्तित्व गोबिन्दराज कट्टेलको अध्यक्षतामा डोरीतान संघ जिल्ला समिति गठन गरेको हो । १२ सदस्यीय गठित समितिको उपाध्यक्षमा भद्रपुरका मदन पोख्रेल, सचिवमा गौरादहका गणेशकुमार अधिकारी र कोषाध्यक्षमा मेचीनगरकी दुर्गा सापकोटा रहेका छन् ।
समितिको बैठकले संघमा हरेक सुरक्षा निकायवाट एक–एक जना रहनेगरी ३ जना पछि मनोनयन गरिने अध्यक्ष कट्टेलले जनाएका छन् ।
डोरीतान संघ प्रदेश उपाध्यक्ष सविता भण्डारी भेट्वालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले समिति गठन गरेको हो । डोरीतान खेललाई प्रभावकारी बनाउन जिल्लास्तरीय समिति गठन गरी विभिन्न गतिविधिहरु गर्न लागिएको उनले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्