हल्दीबारी , फागुन २९ । नेकपा एमाले हल्दीबारीको गाउँ कमिटी र वडा कमिटी गठन भएको छ ।

आज नेकपा एमाले हल्दीबारी गाउँ कमिटीद्वारा आयोजित पार्टी कार्यालयको बोर्ड अनावरण कार्यक्रमका बीच नयाँ जिम्मेवारी बाँडफाँडसहित कमिटी गठन गरिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य सागर पोर्तेलले जानकारी दिए । हरि गौतमको अध्यक्षतामा ११३ सदस्यीय गाउँ कमिटी घोषणा गरिएको हो । त्यस्तै हल्दीबारी–१ का इन्चार्ज झमकनारायण थापामगर, अध्यक्ष नरबहादुर दाहाल, सचिव खड्ग तामाङ, हल्दीबारी–२ का इन्चार्ज भीम श्रेष्ठ, अध्यक्ष धनबहादुर श्रेष्ठ, सचिव संजिव राई, हल्दीबारी–३ का इन्चार्ज विष्णु ओली, अध्यक्ष अजित विष्ट, सचिव बलराम गिरी, हल्दीबारी–४ का इन्चार्ज नगेन्द्रबहादुर आचार्य, अध्यक्ष केशव संजेल, सचिव भावना मैनाली र हल्दीबारी –५ का इन्चार्ज खडानन्द दंगाल, अध्यक्ष यामनाथ गिरी, सचिव दिपक तामाङले जिम्मेवारी पाएका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल, जिल्ला कार्यालय सचिव शिव ढुँगेल, प्रदेश क्षेत्रीय समन्वय कमिटी संयोजक डम्बर गिरी, हल्दीबारी इन्चार्ज नरेश चुडाललगायतका जिल्ला कमिटी सदस्यहरुको आतिथ्यता रहेको थियो । करिव ५०० पार्टी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुको उपस्थितिमा कमिटी गठन गरिएको हो । नवगठित कमिटीलाई नेकपा एमालेका जिल्ला कमिटी सदस्य डम्बर गिरी, जिल्ला कार्यालय सदस्य शिव ढुँगेल, प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र केन्द्रीय सदस्य हरिचरण शिवाकोटीले बधाई तथा शुभकामना दिएका थिए । गाउँ कमिटी अध्यक्ष हरि गौतमको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत गाउँ कमिटीका इन्चार्ज नरेश चुडालले गरेका थिए भने संचालन जिल्ला कमिटी सदस्य महेशलाल मेचेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्