दमक,चैत १ । दमक जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुका लागि प्रभावकारी बैठक सञ्चालनसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

शनिवार आयोजना गरिएको तालिममा पदाधिकारी, सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो । जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुलाई प्रभावकारी बैठक सञ्चालनसम्बन्धी आधारभूत विषयमा अभिमुखीकरण गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष सुयोग खरेलले जानकारी दिए । तालिममा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्दराज कट्टेलको मुख्य प्रशिक्षकत्वमा सिनेटर घनश्याम कोईराला र पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले सहजीकरण गरेका महासचिव निरोज आचार्यले बताएका छन् । तालिम जेसीजका तालिम निर्देशक सहदेव भट्टराईको संयोजकत्वमा भएको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्